• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि सचेतना

केपिलासगढीमा सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि सचेतना


समायोजन खबर
  • शुक्रबार, माघ २० २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाको स्वास्थ्य शाखाले सुर्तिजन्य पदार्थ सेवनको न्युनिकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम गरेको छ। युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकहरुलाई सुर्तिजन्य पदार्थको प्रयोग गर्नबाट बचाउने उद्देश्यले सचेतना कार्यक्रम गरेको हो।

    स्वास्थ्य शाखाले शुक्रबार सुङदेलको सुर्य माध्यमिक बिद्यालयमा गरेको सचेतना कार्यक्रममा वडा सदस्यहरु, माविका प्रधानाध्यापक, शिक्षक, विधार्थी तथा समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख/प्रतिनिधि, बाल क्लवका प्रतिनिधि लगायत गरी सय जनाको सहभागिता थियो।
    सचेतना कार्यक्रमलाई स्वास्थ्य संयोजक शिव कुमार राई, हेल्थ असिस्टेन्ट चुडामणी जैसी र अहेव रामप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो।
    सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोका क्यान्सरबाट बच्न सकिन्छ। सुर्तिजन्य पदार्थ सेवन गर्न छोडेमा ह्रदयघात, क्यान्सर, मधुमेह, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या तथा जोखिम कम हुने गर्दछ।

    मुख, दाँत, गिजा स्वस्थ्य रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने संम्भावना कम हुने, आँखको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने स्वास्थ्यकर्मीहरु बताउँछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology