समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन्।
किशोरी मृत अवस्थामा फेला परेपछि अनुसन्धानबाट रावाबेशी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पर्शुराम राईले जानकारी दिए।
बिकलाई बुधबार महादेवस्थान काभ्रेस्थित घरैबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूर अन्तर्गत शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत किशोरी गत आइतबार दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी थिईन्। किशोरीको शव सोमबार बिहान घरभन्दा करिब दुई सयमिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology