• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ज्येष्ठ नागरिकलाई सिरक वितरण

खोटाङमा ज्येष्ठ नागरिकलाई सिरक वितरण


समायोजन खबर
  • बुधबार, पौस २० २०७९

  • ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्नुहुदै उपमेयर बिसन राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा(फाइवर सिरक) वितरण गरेकोे छ। चिसो बढेसँगै ज्येष्ठ नागरिकहरुको जनजीवन कष्टकर बनेपछि स्वास्थ्यलाई ध्यानमा राखेर लफ्याङका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको हो।ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्नुहुदै वडाध्यक्ष दिनेश घिमिरे ।

    उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत बुधबार वडा कार्यालय लफ्याङमा ‘ज्येष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम’ गरेर वडाभित्रका ८२ वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकहरुलाई फाइवरको सिरक वितरण गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक इरन राईले जानकारी दिईन्।

    ज्येष्ठ नागरिकलाइ सिरक उपप्रमुख बिसन राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सचिव राम ताम्राकार लगायत वडाका जनप्रतिनिधिले वितरण गरेका थिए।ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्नुहुदै ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे।

    उपप्रमुखसँग महिला कार्यक्रम शिर्षकको १ लाख ५० हजार बजेटबाट सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। जाडोमा सिरक पाएपछि खुशी लागेको ज्येष्ठ नागरिकहरुले प्रतिक्रिया दिएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology