• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको जयरामघाट बजारमा सौर्य बत्ती जडान

खोटाङको जयरामघाट बजारमा सौर्य बत्ती जडान


समायोजन खबर
  • आइतबार, पौस १० २०७९

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, जिल्लाको मुख्य प्रवेशद्धार जयरामघाट बजारमा सौर्यबत्ती जडान गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघाट बजारमा नगरपालिकाले सौर्य बत्ती जडान गरिएको हो।

    नगरपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार जयरामघाटमा पाँच वटा सौर्यबत्ती जडान गरेर शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ। सेन्सरको (अँध्यारोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने) आधारमा सौर्यबत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ।

    जिल्लाको मुख्य प्रवेशद्धार जयरामघाटमा रातीको समयमा यात्रुलाई सहजतासँगै प्रवेशद्धारको सौन्दर्यको लागि सौर्यबत्ती जडान गरिएको उपमेयर रमेशकुमार राउतले बताउनुभयो।

    ‘जयरामघाट जिल्लाको प्रमुख प्रवेशद्धार हो । बाहिरबाट पर्यटकहरु जिल्ला प्रवेश गर्दै गर्दा सुरुवाती स्थानले नै बताउँछ की जिल्लाको विकास लगायतको अवस्था कस्तो छ भनेर। त्यसैले जिल्लाको मुख्य प्रवेशद्धारको सौन्दर्य निर्माण गर्ने नगरपालिकाले योजना बनाएको छ। सोही अनुसार अहिले सडकको छेउमा सौर्यबत्ती जडान गरेका छौँ। अब बिस्तारै सडकको छेउमा फूल रोप्ने लगायतका कार्य गरेर जयरामलाई एउटा सुन्दर बजार निर्माण गर्ने तयारीमा हामी छौँ।’ उपमेयर राउतले भन्नुभयो।

    नगरपालिकाले बिनियोजन गरेको पाँच लाख बजेटबाट उक्त सौर्यबत्ती जडान गरिएको हो। बाँकी रहेको रकमले अन्य स्थानमा सौर्यबत्ती जडान गर्ने नगरपालिकाको तयारी छ। सौर्यबत्ती जडान गरेर सञ्चालनमा आएपनि त्यसको गुणस्तरको परिक्षण गरेर मात्र भुक्तनी दिने उपमेयर राउतले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology