Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडित गाउँपालिका अध्यक्ष, जसले आफ्नो राहत सामाग्री अर्कोलाई दिए

अग्नि पिडित गाउँपालिका अध्यक्ष, जसले आफ्नो राहत सामाग्री अर्कोलाई दिए


समायोजन खबर
  • शनिबार, पौस ९ २०७९

  • आफूले पाएको राहत अर्का अग्नि पिडितलाई दिनुहुँदै गाउँपालिका अध्यक्ष समिर राई।

    समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई(स्वयंम अग्नि पिडित)ले आफूले पाएको राहत अर्का अग्नि पिडितलाई दिनुभएको छ।

    गत सोमबार बाक्सिला बजारमा आगलागी हुँदा उहाँ बस्दै आउनु भएको(शुभराज राई)को घर जलेर नष्ट हुँदा कपडा पसल, पुस्तक पसल, किराना पसल र नगद २ लाख समेत जलि नष्ट हुँदा गाउँपालिका अध्यक्ष राईले १ करोड २५ लाख क्षति व्यहोरेका थिए।

    राई बसेको घरसहित दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट भएपछि शुक्रबार अग्नि पिडितहरुलाई प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले अन्यलाई सरह आफूलाई दिएको राहत सामाग्री अर्का अग्नि पिडित दिलकुमारी तामाङलाई दिएको उनले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ।

    ‘म जस्तै बहिनी दिलकुमारी तामाङ पीडित छिन् घटना उस्तै हो, प्रकृति फरक थियो। परिस्थितिले कहिले काहीं अलग किसिमको सृजना गराउँछ, त्यसैले गाउँपालिकामा बोलाएर सम्झाए। यो राहात सोचे मलाई भन्दा उनीलाई आवश्यक छ। त्यहि भएर १ नम्बर प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री आदरणीय राजन राईबाट प्राप्त गरेको राहात सामाग्री बहिनिलाई हस्तान्तरण गरिदिए।’ गाउँपालिका अध्यक्ष राईले फेसबुकमा लेख्नुभएको छ।

    सामाजिक विकास मन्त्रालयले अग्नि पिडितहरुका लागि त्रिपाल, कम्मल, चामल, दाल, चिनी राहत दिएको थियो । राहत वितरणका सामाजिक विकास मन्त्री राजन राई घट्नास्थलमा आउनुभएको थियो।

    आगलाबगीबाट शुभराजकै घरमा इन्द्रा राईको होटल र पसल जल्दा ७ लाख ५० हजार, अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र अकबरकै घरमा नेपाली कांग्रेस पार्टीको समन्वय कार्यालयको फर्निचर जल्दा २ लाखको क्षति भएको छ।

    दीपक गुरुङको घर जल्दा १ लाख, सोही घरमा रहेको किराना सामानको गोदाम जल्दा ५४ हजार ५००, निजकै घर भाडामा लिई कपडा पसल गर्ने रत्ना गुरुङको नगद ७५ हजार र पसलको सामान जलेर नष्ट हुँदा १३ लाख ७२ हजार, परियारको नगद १ लाख र टेलर पसल जलेर नष्ट हुँदा ७१ लाख ९ हजार क्षति भएको थियो।
    श्रेष्ठको घर र घरमा भएको भाँडा पसल, कपडा पसल र नगद ५० हजार समेत नष्ट हुँदा १ करोड ४१ लाख ७७ हजार र श्रेष्ठकै छोरा पवन श्रेष्ठले सोही घरमा भाडा पसल गरी आएकोमा नगद ४० हजार र पसलको सामान जलि पूर्णरुपमा नष्ट हुँदा ३० लाख ४० हजारको क्षति भएको थियो।आगलागीबाट नौ परिवार विस्थापित भएका छन्।
    यो पनि,बाक्सिलाका अग्नि पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको राहत

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology