• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हेलिकोप्टरले बाईक उडाएको भिडियो भाइरल

हेलिकोप्टरले बाईक उडाएको भिडियो भाइरल


समायोजन खबर
  • बिहिबार, पौस ७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङमा हेलिकोप्टरले पार्किङमा राखेको बाईकलाई उडाएर लडाईदिएको छ। बिहीबार दिक्तेलबजारको स्थानीय हेलिप्याडमा पार्किङ गरेर राखेको प्रदेश १–०५–००१ प १५२९ नम्बरको मोटरसाईकललाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरीको उद्धार गर्न आएको हेलिकोप्टरले उडाएर लडाईदिएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुत्केरी इन्द्रकला राईलाई लिन आएको हेलिकोप्टर अवतरण गर्ने क्रममा हावाले हेलिप्याडको डिलमा राखेको बाईकलाई तल्लो खण्डमा झारिदिएको थियो।

    हेलिप्याडको डिलबाट मुनी सडकमा झरेको मोटरसाइकलको भाइजर, एकवटा सकअप र मोटरगाड काम नदिने भएको छ। हेलिकोप्टरले बाईक उडाएर लडाएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाईरल बनेको छ।

    अवतरणका लागि आएको हेलिकोप्टरको कोपाइलटले जिल्ला प्रशासन कार्यालयको छाना नजिक आईपुग्दा देखिनै हेलिप्याडका बाइकहरु र मानिसहरु हटाउन इसारा गरिरहेको भिडियोमा देखिन्छ।
    भर्खरै वडा कार्यालयले कांग्रेस पार्टी कार्यालय हुँदै लोकसेवा आयोगसम्म नयाँ ट्रयाक खोल्दै हेलिप्याडसम्म जाने ट्रयाक खोलेपछि अहिले हेलिप्याडमै अव्यवस्थित रुपमा मोटरसाइकलहरु पार्किङ गर्ने गरेको छ।
    भिडियो हेर्नुहोस

    https://www.facebook.com/samayojankhabar/videos/2504909609665741
    जिल्ला अस्पतालका अनुसार इन्द्रकलालाई नर्मल रुपमा बच्चा जन्माउन ट्राई गर्दा बच्चा अड्किदा लगत्तै शल्यक्रिया गर्नु परेको र शल्यक्रियापछि रगत बग्दा बिरामीलाई आईसियुमा राख्नुपर्ने भएकाले रिफरका लागि हेलिकोप्टर मगाईएको हो।

    शल्यक्रियापछि इन्द्रकलालाई चार पाउण्ड रगत चढाईएको थियो । बिरामीलाई ज्यादै रगत आवश्यक थियो। रक्तसञ्चार केन्द्रमा एक पाउण्ड मात्रै रगत थियो । हामीले अरु रगत स्टाफबाट व्यवस्थापन गरेका हौ । जिल्ला अस्पतालका निमित्त प्रमुख चतुरानन्द यादवले भने।

    बिरामीलाई बिहानै काठमाण्डौ पठाउने तयारी अस्पतालले गरेको थियो। तर, काठमाण्डौमा बाक्लो हुस्सु लागेपछि करीव १ बजे हेलिकोप्टर आईपुगेको थियो। बिरामीलाई काठमाण्डौस्थित प्रसुती गृह थापाथलीको आईसियुमा भर्ना गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology