• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी मन्दिर परिसरमा २६ शौर्यबत्ती जडान

हलेसी मन्दिर परिसरमा २६ शौर्यबत्ती जडान


समायोजन खबर
  • बिहिबार, मंसिर १५ २०७९

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिर परिसरमा शौर्यबत्ती जडान गरिएको छ। उज्यालो हलेसी कार्यक्रम अन्तर्गत मन्दिर परिसरमा २६ वटा शौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याईएको हो।

    मन्दिर परिसरमा बत्ती नहुँदा साँझमा तथा बिहानै मन्दिर दर्शन गर्न जाने तीर्थालु भक्तजनलाई असहज भईरहेको अवस्थालाई ध्यानमा राखेर हलेसी तुवाचुङ नगरपालिका र महादेवस्थान वडा कार्यालयले शौर्यबत्ती आवश्यक भएको भनेर १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयमा माग गरेपछि बत्ती जडान भएको महादेवस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिए।

    महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठवटा ब्याट्रीमार्फत एक केभीए विधुत उत्पादन गरी प्रत्येक पोलपोलमा विधुत पु¥याएर शौर्यबत्ती बालिएको छ। सेन्सर(अध्याँरोमा आफै बल्ने उज्यालोमा आफै बन्द हुने)का आधारमा शौर्यबत्ती बल्नेछ।

    प्रदेश सरकारको १० लाख बजेटमा गत साउनमा प्रदेशबाटै सामान र प्राविधिक टोली आएर नगरपालिका र वडाले देखाएको आवश्यक स्थानमा कात्तिकमा बत्ती जडानको काम सम्पन्न भएको थियो। बत्ती जडान भइसकेपछिको मितिबाट भने मर्मतसंभार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्नेछ।
    यस्तै, उज्यालो हलेसी कार्यक्रम अन्तर्गत नै १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको १ करोड बजेटमा १२६ वटा शौर्यबत्ती जडानका लागि तार झारिएको छ। अन्य सामानहरु आउने क्रममा रहेको महादेवस्थानका वडाध्यक्ष गिरीले बताए। गिरीका अनुसार हेलीप्याडडाँडामा विधुत गृह निर्माण गरी आवश्यक ठाउँमा शौर्यबत्ती जडान गरिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology