समायोजन खबर खोटाङ, प्रतिनिधिसभाको मत परिणाम अनुसार खोटाङमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले फराकिलो मतान्तरलाई कायमै राखेका छन्। उनले निकटतम प्रतिद्धन्दी एमाले उम्मेदवार बिशाल भट्टराईलाई २४५८ मतान्तरले पछाडी धकेलेका हुन्।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बिहीबार मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालय ५९ हजार ९३५ मतगणना हुँदा गठबन्धनका उम्मेदवार पासाङले २८ हजार १७१ मत पाउँदा एमाले उम्मेदवार भट्टराईले २५ हजार ७१३ मतमा चित्त बुझाउनु परेको छ। २ हजार ६४२ मत बदर भएको छ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार राईले १७४७, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सर्जु श्रेष्ठले १०१७, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले १२६, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले ११९, आमूल परिवर्तन मसिहा पार्टीका उम्मेदवार चन्द्रमणि राईले १८० र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २२० मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेंशी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, वराहपाखेरी गाउँपालिकाको मतगणना सकिएको छ। अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छ वडाको गणना भईरहेको छ।आजै दिउँसो ३ बजे आसपास नतिजा आउने आँकलन गरिएको छ।
जिल्लाभर ३५ हजार १८ पुरुष तथा ३२ हजार ३५५ महिला गरी कूल ६७ हजार ३७३ मत खसेको थियो। ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता थिए। निर्वाचनका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द रहेको थियो।
यो पनि,खोटाङ प्रदेश ‘क’ गठबन्धनलाई हराउँदै एमालेका पाँचकर्ण राई विजयी
सम्बन्धित समाचार,खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसका भुपेन्द्र राई भारी मतले विजयी
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology