समायोजन खबर खोटाङ, प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई पिके विजयी भएका छन् । गठबन्धन(नेकपा एकीकृत समाजवादी)का उम्मेदवार विरबलकाजी राईलाई हराँउदै उनी विजयी भएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बुधबार राती मुख्य निर्वाचन अधिकृत(जिल्ला अदालत)को कार्यालयमा प्रदेश ‘क’ को ३३ हजार ९४४ मतगणना हुँदा पिकेले विरबलकाजीलाई १ हजार १८९ मतान्तरले पछि पारेका हुन् । गठबन्धनका उम्मेदवार बिरवलकाजीले ११ हजार ९६५ मत पाउँदा पिकेले १३ हजार १५७ मत पाएका थिए ।
सुरुवाती चरणबाटै लिड गरेका विरबलकाजी राई रावाबेंशी गाउँपालिका गणनापछि पछाडी धकेलिएका थिए । गठबन्धन घटक दल कांग्रेसका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई जाने कांग्रेसको ३ हजार १४५ मत काटेपछि पनि पिकेलाई गठबन्धन हराउन सहज भएको आँकलन गरिएको छ ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईल २ हजार ३४०, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवालीका उम्मेदवार पदम प्रसाद आचार्यले १५२५, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार प्रयाग राईले १६४, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केशव राईले १६४, स्वतन्त्र उम्मेदवार कुमार प्रसाद भट्टराईले ८५ मत पाएका छन् ।
प्रदेशसभा ‘क’ मा ३३ हजार ८९३ मत खसेको थियो । १ हजार ५५४मत बदर भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology