• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा शान्तिमय वातावरणमा मतदान सुरु(फोटोफिचर)

खोटाङमा शान्तिमय वातावरणमा मतदान सुरु(फोटोफिचर)


समायोजन खबर
  • आइतबार, मंसिर ४ २०७९

  • जिल्ला कारागारमा मतदान गर्दै कैदीबन्दी ।

    समायोजन खबर खोटाङ, खोटाङमा शान्तिमय वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ। मतदानका लागि आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

    १३६ मतदानस्थल, १९४ मतदान केन्द्र तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने दुई अस्थायी मतदान केन्दमा शान्तिमय वातावरणमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले बताए।

    जिल्लामा ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाताले मताधिकार प्रयोग गर्दैछ।

    निर्वाचनमा एक हजार ५५८ जना कर्मचारी, एक हजार ८४६ जना जनपथ र म्यादी प्रहरी तथा आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र परिचालन गरिएको छ।

    एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको खोटाङमा प्रतिनिधिसभामा आठ जना, प्रदेशसभा ‘क’ मा आठ र प्रदेश ‘ख’ मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology