समायोजन खबर खोटाङ, खोटाङमा निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ। भोली (मंसिर ४) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको हो।
भोली बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि १३६ मतदानस्थल, १९४ मतदान केन्द्र तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने दुई अस्थायी मतदान केन्द्र निर्माण तथा व्यवस्थापनको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृत एवंम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो।
सरस्वती नमुना मावि दिक्तेलमा निर्माण गरिएको मतदानस्थल।
गिरीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत)मा तारजालीले घेरेर मतगणनास्थल निर्माणको काम सकिएको छ। मतपेटिका राख्नका लागि ५ वटा कोठाको व्यवस्थापन गरिएको छ भने विजुली वत्ती गएको खण्डमा आठवटा ब्याट्री व्याकअप भएको दुई वटा इन्भटर, सोलार प्यानल र जेनेरेटरको व्यवस्थापन गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित सम्पन्न गराउनलाई जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाईएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताउनुभयो। प्रजिअ सेडाईका अनुसार निर्वाचनको पहिलो घेरामा जनपथ प्रहरी र म्यादी प्रहरी, दोश्रो घेरामा शसस्त्र प्रहरी र आवश्यकताको आधारमा नेपाली सेनाले सुरक्षा दिनेछन्। एउटा मतदान केन्द्रबाट अर्को मतदान केन्द्रमा ३० मिनेटमा रियाक्सन गर्नेगरी नेपाली सेनाको व्यवस्थापन गरिएको उहाँको भनाई छ। 
जिल्लामा ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाताले मताधिकार प्रयोग गर्नेछन्। निर्वाचनमा एक हजार ५५८ जना कर्मचारी, एक हजार ८४६ जना जनपथ र म्यादी प्रहरी तथा आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र परिचालन गरिएको छ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको खोटाङमा प्रतिनिधिसभामा आठ जना, प्रदेशसभा ‘क’ मा आठ र प्रदेश ‘ख’ मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology