समायोजन खबर खोटाङ, खोटाङमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुंदैछ। खोटाङसहित देशभर बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ।
मतदान समापनपछि सर्वदलीय मुचुल्का तयार गरी विशेष सुरक्षाका साथमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईनेछ। खोटाङमा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। 
मतपेटिका संकलनका लागि ४२ वटा केन्द्र र ४६ वटा स–साना केन्द्रहरु तोकिएको छ। केन्द्रमा संकलन भएको मतपेटिका सवारी साधन पठाएर ओसार्ने तयारी छ। ओसारेर ल्याईएको मतपेटिका तीन ठाउँमा मतगणना गर्नेगरी मतगणना स्थल निर्माण गरेका छौ। सुरक्षाका दृष्टिले गणना स्थललाई तारजालीले घेरिनेछ । सहायक मुख्य निर्वाचन अधिकृत रामाकान्त यादबले भने। 
जिल्लाभर कूल ७७८ वटा मतपेटिका हुनेछ। प्रतिनिधिसभाको मतपेटिका एक ठाउँमा, प्रदेशसभा ‘क’ र ‘ख’ का लागि अलग–अलग र समानुपातिक मतपेटिका एक ठाउँमा सुरक्षित ढंगले राख्नेगरी कोठाहरुको व्यवस्थापन गरिएको छ।
कसरी हुन्छ मतगणना ?
सहायक मुख्य निर्वाचन अधिकृत यादवका अनुसार दलहरुसँग सर्वदलीय बैठक राखेर मतगणना थालिनेछ। सुरुवातमा प्रतिनिधिसभा, दोश्रोमा प्रदेश ‘क’ र ‘ख’ सकेर तेश्रोमा समानुपातिकको मतगणनाा गरिनेछ।
बत्तीको विकल्प के ?
मतगणना सुरु भएपछि निरन्तर हुनेछ। त्यसका लागि महत्वपूर्ण विजली वत्ती हो ? मुख्य निर्वाचनको कार्यालयमा विजुली वत्ती जाँदा पनि विधुतको वैकल्पिक व्यवस्थापन गरिएको छ।
त्यहाँ आठवटा ब्याट्री व्याकअप भएको दुई वटा इन्भटर, सोलार प्यानल छ। मतगणनाकै लागि बैकल्पिक रुपमा जेनेरेटरको व्यवस्थापन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology