समायोजन खबर खोटाङ, जिल्ला निर्वाचन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नमुना मतदान गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मतदान अधिकृत र सहाययक मतदान अधिकृतलाई नमुना मतदान गराएका हुन्।
निर्वाचन गराउन जान लागेका मतदान अधिकृत र सहाययक मतदान अधिकृतलाई नमुना मतदानमा सहभागी गराईएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
नमुना मतदानले आगामी मंसिर ४ गते हुने निर्वाचन चुस्तदुस्त गराउनमा सहायता पुगेको निर्वाचनका लागि खटेका मतदान अधिकृत कविन श्रेष्ठले अनुभव सुनाए।
मत बदर हुन नदिन, निर्वाचनका प्राविधिक समस्याहरु पहिचान गर्न, चार वटा मतपेटिका हुने र चारवटा मतपत्र हुने जानकारी गराउनका लागि नमुना मतदान गराईएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । यसले मत बदरमा कमी आउने र निर्वाचनको स्पीड बढ्ने अपेक्षा गरिएको छ।
यसअघि वराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान गराईएको छ । भोली र पर्सीमा एकदिन हलेसी तुवाचुङ नगरपालिकामा नमुना मतदान गराईने गौतमले बताए।
जिल्लामा पुरुष मतदाता ७४ हजार ९२७ र महिला मतदाता ६७ हजार ८३५ गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता छन् । १३६ मतदान स्थल र दुई अस्थायीसहित १९६ मतदान केन्द्र रहेको छ।
निर्वाचन सुरक्षा योजना अनुसार सम्पूर्ण सुरक्षाका निकायहरु त्यही अनुसार खटिरहेकाले शान्ती सुरक्षाको अवस्था मजबुत रहेको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology