• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी आँखा शिविर : ७६ जनाको शल्यक्रिया

हलेसी आँखा शिविर : ७६ जनाको शल्यक्रिया


समायोजन खबर
  • सोमबार, कार्तिक २१ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ७६ जनाको शल्यक्रिया गरिएको छ। शनिबारदेखि आँखा तथा कान उपचार केन्द्र महादेवस्थान हलेसीमा सञ्चालन भएको तीनदिने शिविरमा ६२ जनाको मोतिविन्दु र १४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको हो।

    नेत्र ज्योति संघ दिक्तेल, हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा शनिबारदेखि सुरु भएको शिविरको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको थियो।

    सोमबार सम्पन्न शिविरमा ७ सय ६५ जनाले आँखा परीक्षण गराएका छन्। आवश्यकता अनुसार सुफथ मुल्यमा चश्मा र निःशुल्क औषधि वितरण गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

    २७ असोजमा अन्तर्राष्ट्रिय विश्व दृष्टि दिवसका अवसरमा च्यास्मिटारमा मोतिबिन्दुको पहिचान भएका १४ जना, ७ असोजमा ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको निःशुल्क चश्मा वितरण तथा आँखा जाँच शिविरमा मोतिबिन्दुको पहिचान भएका ११ जना, घरदैलो कार्यक्रम गर्दा मोतिबिन्दुको पहिचान भएका १८ जना, दैनिक ओपिडीमा आएर मोतिबिन्दु पहिचान भएका १९ जना तथा तीनदिने शिविरमा मोतिबिन्दु पहिचान भएकोको शल्यक्रिया गरिएको श्रेष्ठले सुनाए।

    शिविरमा हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेशी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, उदयपुर, ओखलढुंगा, सोलुखुम्बुका बिरामीहरु आएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology