समायोजन खबर खोटाङ, जंगलमा बस्ने असली कृषकलाई घर फर्काउने अभियानमा नगरपालिका जुटेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले बताएका छन्।
नगरभित्रका जल, जंगल, जमिन, पर्यटकीय क्षेत्रको अनुगमनका क्रममा रुपाकोट जंगल पुगेका राईले त्यहाँका प्रत्येक गोठमा पुगेर व्यवसायीक बाख्रा, भेडा, भैसी पालन गरिरहेका कृषकलाई आफ्नै गाउँघरमा फर्काउने बताए।
कागजी रुपमा किसान र कृषक बनेकाले राज्यको सुविधा लिईरहेको छ। तपाईहरु जस्तो परिश्रमी कृषकहरु जंगलमा बस्नु परेको छ। यसले हाम्रो मन कुडिएको छ। उपमेयर राईले भने, ‘अब हामी तपाईहरु असली कृषकलाई उचित सम्मान र स्थान दिन्छौ। आफ्नै घर फर्काउँछौ।’
हुर्लुङ अथवा मुढे हुंदै रुपाकोट जंगलबाट मुन्धुम ट्रेललाई जोड्न सकिने सम्भाव्यता अध्ययनका लागि उपमेयर राई ७ कार्तिकमा रुपाकोट पुगेका थिए।
रुपाकोटमा ठूल्ठूला चरण क्षेत्र भएकाले व्यवसायीक पशुपालनको संम्भावना के छ। मुन्धुम ट्रेललाई पनि रुपाकोट हुंदै हुर्लुङ अथवा मुढेसम्म जोड्न सकिने संम्भावना के छ भन्ने हिसाबले रुपाकोट पुगेका हौं। यस विषयमा हामी थप छलफल गर्छौ। राईले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology