समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने रावाखोलामा मोटरेबल पुल निर्माण हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ४ बाक्सिला र वडा नं. ६ दिप्सुङको सिमाना रावाखोलामा पक्की पुल निर्माण हुने भएको हो।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र स्थानीय पुर्वाधार बिकास आयोजना सुनसरी इटहरीका आयोजना प्रमुख ईन्जिनियर विष्णु भण्डारीबिच आईतबार भद्र सहमति भएपछि पुल बन्ने पक्का भएको हो।
आयोजना प्रमुख भण्डारीसँग त्यस ठाउँ र त्यहाँको अतिआवश्यक पुल रहेको जानकारी गराउँदै बजेट माग गरियो। चाँडै ठेक्काको प्रक्रिया बढाउने सहमति भएको छ। गाउँपालिका अध्यक्ष राईले भने।
बाक्सिला र दिप्सुङ जोड्ने रावाखोलामा पुल नहुंदा आवतजावतमा सबैभन्दा बढी समस्या हुने गरेको छ। मोटरेबल पुल नहुंदा स्थानीयहरु घण्टौ लगाएर बैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology