• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य चौकी च्यास्मिटारमा १४ जनाको मोतिबिन्दु पहिचान

स्वास्थ्य चौकी च्यास्मिटारमा १४ जनाको मोतिबिन्दु पहिचान


समायोजन खबर
  • बिहिबार, असोज २७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार स्वास्थ्य चौकीमा १४ जना मोतिबिन्दुका बिरामी पहिचान गरिएको छ।

    अन्तर्राष्ट्रिय विश्व दृष्टि दिवसको अवसरमा बिहीबार गरिएको एक दिने निःशुल्क आँखा जाँच र चस्मा वितरण शिविरमा १४ जनामा मोतिबिन्दु पहिचान भएको हो।

    हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र, हलेसीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।
    आँखामा मोतिबिन्दु भएकाहरुलाइृ कार्तिक १९ देखि २१ गतेसम्म हलेसीमा सञ्चालन हुने निःशुल्क मोतिबिन्दु अपरेसन शिविरमा झिकाएर शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिए।
    शिविरकै अवसरमा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । १४२ जनाले विभिन्न सेवा लिएका छन्। कतीपय सेवाग्राहीहरूले आँखा जाँच गराएर औषधि लगेका थिए।सेवा लिनका लागि छिमेकी वडाहरुबाट पनि मानिसहरु आएका थिए।

    ज्येष्ठ नागरिकहरु स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गर्न नपाई रहेको अवस्थामा नगरपालिकाले शिविरमार्फत स्वास्थ्य परीक्षण गराईदिंदा हर्षित भएका छन्। शिविरमा मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत, वडाध्यक्ष भूपाल सिं राई, स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे, आँखा तथा कान उपचार केन्द्र सुरेन्द्र श्रेष्ठ, विवेक पराजुली लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology