समायोजन खबर, शैक्षिक अभियान्ता तथा मिडीयाकर्मी रतन देवकोटाको सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको लवजमा सजिएकोे गित सार्वजनिक भएको छ । उनको ‘रुपस्या जोवन’ बोलको गित बजारमा आएको छ।
‘रुपस्या’ को अर्थ गुणले भरीपुर्ण हो । मन्दिरमा देवताको सेवकका रुपमा चढाइएकि रुप र गुणले भरीएकि देउकी अर्थात् झुमालाई सहरबाट गाउँ फर्केको केटाले मन पराउँछ । र जीवनभरी प्रेममा समर्पित हुने संकल्प गर्छ तर देउकीको लागि विहे तथा प्रेम गर्नु बर्जित हुन्छ ।
पश्चिम नेपालको सेती र महाकाली क्षेत्रका मन्दिरहरुमा देवी देवताको सेवा गर्न कन्या (विहे नगरिएकी) केटी चढाउने प्रचलन छ। यसरी चढाइएकी कन्यालाई देउकी नामले पुकारिने प्रचलन देउकी प्रथा हो । कुनै पनि महारोग लागेमा सञ्चो गरिदेऊ भन्दै भाकल गर्ने, छोरा नभएमा छोरा देऊ भनी भाकल गर्ने, मुद्दा जित्नु परेमा तथा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा र गरिएको कुनै भाकल छ भने पूरा होस् भनि आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिकालाई किनेर देवी र देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरुको विवाह गर्न नहुने चलन छ।
शिक्षा र मिडियामा रुचि राख्ने देवकोटाको यो गीतमा शृङ्गारिक रस र सामाजकि चेतको स्वर अप्रत्यक्ष रुपले व्यक्त गरेका छन्। देवकोटा ग्यालेक्सी फोर के को चर्चित कार्यक्रम युगान्तरका निर्माता तथा प्रस्तोता हुन्।
उनकै शब्द, स्वर तथा सङ्गीतमा सजिएको यस गीतमा चर्चित गायिका शान्ति श्री परियारले स्वरले गितको उचाई बढाइ दिएको छ ।
भिडीयोमा देउकी अर्थात् झुमाको भूमिका चर्चित नायिका नम्रता सापकोटाले निर्वाह गरेकी छन् । भने नायकको भूमिका चर्चित मोडल, गायक तथा संगीतकार चक्र बलले निर्वाह गरेका छन् ।
विगत ८ वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय रतन देवकोटा सङ्गीत कम्पोजर, गीतकार तथा गायक पनि हुन्। शिक्षा क्षेत्रको बेथिति विसङ्गतिलाई सङ्गीतको माध्यमबाट व्यङ्ग्यात्मक रूपमा उनले पहिलो गीत ‘यो कस्तो शिक्षा हो’ सार्वजनिक गरेका थिए। शैक्षिक अभियानमा जोडिएका देवकोटाले बाल मनोविज्ञान तथा होमवर्क दिने परम्परागत शैलीलाई व्यङ्ग्यात्मक रूपमा दोस्रो गीत ‘होमवर्क’ सार्वजनिक गरेका थिए । शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउने देवकोटाले विभिन्न सामाजिक विषयवस्तु समेटिएका उनका थप गीतहरुमा काम गरिरहेको बताएका छन्।
देवकोटाको यो गीतमा उमेर पुगिसकेको युवाले देउकीलाई घरबार जोड्नको लागि अपिल गर्छ। तर देउकीले युवकको कुरालाई इन्कार गर्दा गर्दै पनि प्रेममा पर्छे । तर समाजले थाहा पाएपछि कथा रोकिएको छ। यसपछि देउकी बारे पुरा कथा छिट्टै सार्वजनिक हुने देवकोटाको टिमले जानकारी दिइसकेको छ । यो ट्रेलरका रुपमा मात्रै सार्वजनिक भएको जानकारी दिएका छन्।
करिब ७ मिनेटको यो गीतको छायाङ्कन नवराज उप्रेति गरेका छन् । भने निर्देशन तथा नृत्य निर्देशन मौसम हिमालीले गरेका छन्। सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको लवजमा सजिएको यो गीत ‘रतन देवकोटा’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
हेर्नुहोस भिडियो
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology