समायोजन खबर खोटाङ, आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक कार्य प्रगति समिक्षामा हलेसी तुवाचुङ नगरपालिका पहिलो भएको छ। स्वास्थ्य कार्यालय खोटाङले हरेक वर्ष गर्ने वार्षिक कार्य प्रगति समिक्षामा लगातार दोश्रो पटक पनि उक्त नगरपालिका पहिलो भएको हो।
आर्थिक वर्ष २०७७/०७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक कार्य प्रगति समिक्षामा हलेसी पहिलो नै भएको थियो।
वार्षिक कार्य प्रगति समिक्षामा हलेसी पहिलो हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोश्रो, रावाबेशी गाउँपालिका तेश्रो र केपिलासगढी गाउँपालिका सान्त्वना भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।
पाँचौमा बराहपोखरी गाउँपालिका, छैटौमा साकेला गाउँपालिका, सातौमा खोटेहाङ गाउँपालिका, आठौमा ऐसेलुखर्क गाउँपालिका, नवौंमा जन्तेढुंगा गाउँपालिका र दशौमा दिप्रुङ चुईचुम्मा गाउँपालिका परेको छ।
२५० भन्दा बढी स्वास्थ्य इण्डिकेटर मध्येमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व, वाल तथा नवजात शिशु स्वास्थ्य, पोषण, एचआईभी एड्स, महामारीजन्य रोगहरु, मलेरिया, टिबी, कुष्ठरोग, कालाजार, महिला स्वास्थ्य स्वयमसेविका कार्यक्रम, औषधि आपूर्ति तथा व्यवस्थापन लगायतका कामहरु उत्कृष्ट ढंगले सञ्चालन गरे वापत पहिलो, दोश्रो, तेश्रो, सान्त्वना छुट्याईएको हो।
पहिलो, दोश्रो, तेश्रो र सान्त्वनालाई दोसल्ला ओढाइ भित्ते घडी र सम्मान पत्र प्रदान गरिएको छ। हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट स्वास्थ्य संयोजक प्रकाश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट जनस्वास्थ्य निरीक्षक खमेराज आचार्य र केपिलासगढी गाउँपालिकाको तर्फबाट स्वास्थ्य संयोजक शिवकुमार राईले पुरस्कार ग्रहण गरे। उनीहरुलाई स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल र स्वास्थ्य कार्यालयका फोकल पर्सन चौलागाँईले पुरस्कार वितरण गरेका थिए। रावाबेशी गाउँपालिकाका प्रतिनिधि भने उपस्थित थिएनन्।
कार्यक्रममा पुर्ण खोप शुनिश्चितता घोषणा सभामा अतुलनीय योगदान पु¥याए वापत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वाथ्य निरीक्षक आचार्य सम्मानित भएका छन्। जिल्लाभरको स्वास्थ्य अवस्थाको प्रगतिको इण्डिकेटरबारे फोकल पर्सन चौलागाँईले मुख्य प्रस्तुतीकरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology