समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले नयाँ ट्रान्सफर्मर चार्ज गरेर सञ्चालनमा ल्याएपछि रत्नपार्क आसपासमा विधुत भोल्टेज कम हुने समस्या हटेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको रमितेडाँडामा १०० केभीएको ट्रान्सफर्मर राखेर सञ्चालनमा ल्याएपछि बाम्राङ र दिक्तेलको रत्नपार्क साइडमा कम भोल्टेजको समस्या अन्त्य भएको हो।
नयाँ ट्रान्सफर्मर चालु भएसँगै फेमिली केयर अस्पतालमा विधुत भोल्टेजको समस्या हटेकोे फेमिली केयर अस्पतालका अध्यक्ष डा.केके राईले बताए। यसअघि नियमित विधुत नहुने र कम भोल्टेज आएर काम गर्न समस्या थियो। डा. राईले भने, ‘आजदेखि विधुत नियमित छ, भोल्टेज पनि प्रशस्त छ।’
फेमिली केयर अस्पतालसँगै रत्नपार्कको सडक आसपासका ग्यारेज, वर्कसप, गान्दीप स समिल, कोष तथा लेखा नियन्त्रक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा भोल्टेजको समस्या हटेको छ। ती कार्यालयहरुमा भोल्टेज कम हुंदा प्रिन्टर मेशिन नचल्ने तथा ग्यारेजहरुमा कम्प्रेसर मेशिन चलाउन जेनेरेटर चलाउनुपर्ने थियो। अहिले भने कम्प्रेसर मेशिन चलाउन भोल्टेजको समस्या नभएको र जेनेरेटर चलाउनुपर्ने बाध्यता हटेको उधोगी व्यवसायीहरु बताउँछन्।
आजदेखि रत्नपार्क आसपासमा कम्प्रेसर मेशिन, एक्सरे मेशिन, वासिङ मेशिन, वल्डिङ मेशिन चलाउन भोल्टेजको कुनै समस्या नहुने प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताए।
रेग्ग्मीका अनुसार त्यस आसपासका उपभोक्ताले पहिला अल्छेढुंगाको ट्रान्सफर्मर हुंदै आएको विधुत लामो तार हुंदै घर तथा कार्यालयसम्म ल्याउँदा १८५ सम्म भोल्टेज आउने गरेको थियो। तर, अहिले २४० देखि २५० सम्म भोल्टेज आउन थालेको छ। तार समेत कम लगाउनु परेको छ।
यसअघि आर्मी ब्यारेकबाट बाम्राङसम्म ल्याईएको ११ केभी प्रशारण लाइनलाई रमितेडाँडासम्म ल्याएर नयाँ ट्रान्सफर्मर राखिएको हो। अब, पहिलाजस्तो लाइन फल्ट हुने समस्या समेत अन्त्य भएको छ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा सतप्रतिशत बक्यौता असुली गर्ने अभियान अन्तर्गत साउन महिनामा मात्रै प्राधिकरणले १२४ जना ग्राहकको लाइन काटेको छ । लाइन काटिएको १२४ मध्येमा ८० जना ग्राहकले जडान दस्तुर ८४७ रुपैयाँ तिरेर पुनः लाइन जडान गर्दा उनीहरुबाट ७ लाख २६ हजार ३४५ बक्यौता महशुल उठेको छ। ४४ जना ग्राहकले पुनः लाईन जडान गरेका छैनन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology