• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका विभिन्न स्थानमा लाखे नाच सुरु [फोटोफिचर]

खोटाङका विभिन्न स्थानमा लाखे नाच सुरु [फोटोफिचर]


समायोजन खबर
  • शुक्रबार, साउन २७ २०७९

  • दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाच।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारसहित विभिन्न स्थानमा लाखे नाच सुरु भएको छ। दिक्तेलबजार सामाजिक गुठीको अगुवाईमा शुक्रबारदेखि दिक्तेलबजारमा लाखे नाच सुरु भएको छ।
    लाखे नाच दिक्तेलबजारसहित खोटाङबजार, चिसापानी, लफ्याङ, खाल्ले, सोल्मा, जालपा, ऐसेलुखर्क, निर्मलीडाँडा, बुईपा, अर्खौले, सल्ले, खार्मी,बाक्सिला लगायतका स्थानहरुमा मनाईने गरेको दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजुले जानकारी दिए।
    नेवारी समुदायले दिक्तेलमा भने जनै पूर्णिमाबाट लाखेनाच सुरु गरी कृष्ण जन्मअष्टमीका भोलीपल्ट समापन गर्ने गर्छन्। अन्य स्थानहरुमा भने यसअघिबाट नै लाखे नाच सुरु भएको थियो। समापन भने एकसाथ हुने गर्दछ।
    राक्षसको स्वरुप भएको मुखुन्डो पहिरिएर बालबालिकाहरुको रक्षाका लागि र दुष्ट आत्माहरुलाई खेद्न लाखे नाच मनाउने गरिन्छ।

    परापूर्वककालमा काठमाण्डौ उपत्यकामा पातलो वस्ती भएको, बस्तीमा मान्छे, बालबालिका हराउने गर्दथ्यो । कसरी हरायो भनेर खोजी गर्दा पनि नभेटिएको र तान्त्रिकहरुले जोखना हेर्दा बालबालिका तथा मान्छेहरु राक्षसले लाने रहेछ। दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजुले भने, ‘मानिस र बालबालिका लाने राक्षसहरु त खेद्नुप¥र्यो।
    राक्षसको ठूल्ठूला हुलहुज्जत हुने भएकाले, तिमिहरुभन्दा बलवान छौ भन्ने तवरले नेवारी समुदायका सेनाहरुले ठूल्ठूला राक्षसको रुप धारण गरी राक्षस खेदेका थिए। त्यहीबाट लाखे सुरु भएको पौरणिक किंवदन्ती रहेको छ।’ सैंजुले भने।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology