समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश लम्सालको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार एकै पटक ४३ जना डीएसपीको सरुवा गरेसँगै लम्सालको सरुवा भएको हो।
लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौ सरुवा भएको हो। १३ महिना जिल्लाको कमाण्ड गरेका डीएसपी लम्सालले बैशाख २६ गते स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनि सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकबाट चिसापानी ल्याउदै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगरमा ७७ वर्षीया हजुरमा तुलसा खड्कालाई मारी खाल्डामा पुरी फरार रहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा डढुवा घर भई झापाको गौरादह नगरपालिका–३ धोविनीचोक बस्दै आएका २९ वर्षीय हरि भनिने निर बहादुर खड्का पक्राउ गरेका थिए।
खड्कालाई पक्राउ गरेकामा आफन्तले उनी नेतृत्वको प्रहरीलाई सम्मान समेत गरेका थिए। यस्तै,बहुमूल्य धातु पुल्ली उत्खनन गर्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरेका थिए।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेकी ३८ वर्षीया सानिका राईलाई सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका सोही स्थानका दुई युवाहरुलाई पक्राउ गरेका थिए। ज्यान मार्ने उधोगमा फरार रहेका दुई युवालाई २२ दिनमा पक्राउ गरेपछि उनी नेतृत्व प्रहरीले प्रशंसा बटुलेका थिए।
जिल्लाका तीन महिलाको हत्यारा पत्ता लगाउने कार्यमा भने उनी नेतृत्वको टोली चुकेको छ।
डीएसपी लम्सालको स्थानमा मञ्जिल मुकारुङ आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। मुकारुङ नेपाल प्रहरी प्रधान कार्यालय बिशेष व्युरोबाट यहाँ सरुवा भएका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology