• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई एक/एक लाख पुरस्कार दिईने

एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई एक/एक लाख पुरस्कार दिईने


समायोजन खबर
  • शुक्रबार, साउन १३ २०७९

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने दुई विधार्थीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। गाउँपालिकाभरीको सामुदायिक विधालयबाट एसईई दिएकामध्येमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कार प्रदान गर्ने भएको हो।

    गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार सामुदायिक विधालयबाट एसईई दिएकामध्येमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई नगद एक/एक लाख पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।

    विधार्थीहरुलाई सामुदायिक विधालयमा पढ्न अझ अभिप्रेरित गर्ने लक्ष्यले एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईको भनाई छ।

    यस्तै, एसईई दिएका गाउँपालिकाभरीका गरीब, जेहेन्दार दुई जना छात्र छात्रालाई गाउँपालिकाले पढाउने भएको छ। उनीहरुको लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउनेछ।

    एसईईमा उत्कृष्ट अंक ल्याउन दुई विधार्थी र गरीब तथा जेहेन्दार दुई विधार्थी पहिचान गर्ने कामको थालनी गरिएको छ। उनीहरुलाई २३ भदौमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

    २०७८ सालको एसईईमा गाउँपालिकाको सात वटा सामुदायिक विधालयबाट २५२ जना विधार्थीले परीक्षा दिएका थिए। दिन प्रतिदिन सामुदायिक विधालयहरुको गुणस्तर खस्कीरहेको गुनासो आईरहेको अवस्थामा केपिलासगढी गाउँपालिकाले भने यस्तो उपाय निकालेको हो।

    गत बैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भईसकेको छ । जिल्लाबाट ३ हजार ८०९ जना विधार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology