• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : पसलमा आगो लगाई फरार रहेका अभियुक्त पक्राउ

खोटाङ : पसलमा आगो लगाई फरार रहेका अभियुक्त पक्राउ


समायोजन खबर
  • सोमबार, साउन ९ २०७९

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा पसलमा आगो लगाई फरार रहेका अभियुक्त पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भवनगैरा निवासी ५२ वर्षीया रेखा राईको किराना पसलमा आगो लगाई फरार रहेका सोही वडाको आचार्य गाउँ वस्ने २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन्।

    साउन १ गते बिहानको राती अन्दाजी २ वजे पसलमा आगो लगाई फरार भएका कालिकोटेलाई दिक्तेलको अस्पताल चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए।

    घट्नाको सुक्ष्ममा रुपले अनुसन्धान गर्दै जाँदा पसलमा कालिकोटेले आगो लगाएको खुल्न आएको हो। पक्राउ परेका विरुद्ध अपराधिक उपद्रव(आगो लगाएको)कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई हिरासत राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
    आगलागीबाट २६ लाख १६ हजार ९३० मुल्य वरावरको क्षति भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology