समायोजन खबर खोटाङ, खोटाङमा लामो समय विधुत महशुल नतिर्ने सप्तेश्वर छितापोखरी सामुदायिक विधुत सहकारीको लाईन काटिएको छ। विधुत महशुल नतिरेपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा रहेको सामुदायिक विधुतको आईतबार लाईन काटिएको हो।
सामुदायिक विधुतले आर्थिक वर्ष २०७८/०७९ को १ लाख ६३ हजार ४५२ रुपैयाँ महशुल तिर्न बाँकी हुंदा पनि नतिरेकाले लाईन काटिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए। लाईन काटिएपछि करीव ४०० घरधुरी अध्याँरोमा वस्न बाध्य बनेका छन्।
यस्तै, प्राधिकरणले तीन महिनासम्म विधुत महशुल नतिर्ने ग्राहकहरुको लाईन काटिरहेको छ। गत आर्थिक वर्षमा ३०३ ग्राहकको लाईन काटिएको छ। ती ग्राहकबाट ३७ लाख ८४ हजार ३२० रुपैयाँ महशुल उठन बाँकी छ ।
लाईन काटिएका मध्येमा २४७ ग्राहकले भने महशुल बुझाएपछि पुनः लाईन जोडिएको छ। २४७ ग्राहकबाट २४ लाख ५८ हजार १६२ रुपैयाँ महशुल उठेकोे प्राधिकरण प्रमुख रेग्मीले बताए। ५६ ग्राहकले भने अहिलेसम्म महशुल नबुझाएका कारण लाईन जोडिएको छैन।
रेग्मीमा अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को आठ दिनमा ४९ जनाको लाईन काटिएकामा ३५ जनाले तत्कालै महशुल बुझाएपछि पुनः जडान गरिएको छ। जडान गरिएको ३५ ग्राहकबाट २ लाख ८९ हजार २८९ रुपैयाँ विधुत महशुल संकलन भएको छ।
ग्राहकले समयमा महशुल नबुझाउँदा विल रकमको २५ प्रतिशत थप रकम बुझाउनु पर्ने र काटेको लाईन पुनः जडान गर्दा ८४७ रुपैयाँ जडान दस्तुर लाग्ने प्राधिकरणले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology