• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ को नाम किरात प्रदेश नामाकरण हुनुपर्ने भन्दै खोटाङमा प्रदर्शन

प्रदेश १ को नाम किरात प्रदेश नामाकरण हुनुपर्ने भन्दै खोटाङमा प्रदर्शन


समायोजन खबर
  • शुक्रबार, साउन ६ २०७९

  • समायोजन खबर खोटाङ, प्रदेश १ को नाम किरात प्रदेश नामाकरण हुनुपर्ने माग गर्दै किरात राई यायोक्खाले खोटाङमा प्रदर्शन गरेको छ। प्रदेश १ को नामाकरण किरात हुनुपर्ने पक्षमा जनदवाव सिर्जना गर्नका लागि यायोक्खाले दिक्तेलबजारमा प्रदर्शन गरेको हो।

    शुक्रबार दिक्तेलबजारको किरातचोकबाट बेसक्याम्प–त्रिवेणीचोक–हाटडाँडा हुंदै भवनगैरामा आएर प्रदर्शन कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा किरात प्रदेश जिन्दावाद, किरात जाति हैन भुगोल हो, नेपाल हाम्रो देश, किरात हाम्रो प्रदेश, पहिचान विरोधी होसियार, १ नम्बर प्रदेशबासी के भन्छन् किरात प्रदेश ले भन्छ लगायतका नारा लगाईएकोे थियो।

    बेशक्यामको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जय कुमार राई, हाटडाँडामा आदीवासी जनजाति महासंघ समन्वय परिषद अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणी चोकमा सामाजिक व्यक्तित्व डा.केके राई तथा भवनगैरामा यायोक्खाका पूर्वअध्यक्ष पर्खन बहादुर राई र यायोक्खाका वर्तमान जिल्ला अध्यक्ष हात्तीराम राईले सम्बोधन गरेका थिए।
    किरात शब्द जातिय नभई पहिचान भएकाले अभियानमा ऐक्यबद्धता जनाउन यायोक्खाले सबैलाई आग्रह गरेको छ । प्रदेश १ को नाम किरात प्रदेश नामाकरण नभएसम्म रचनात्मक प्रदर्शन गरिदै जाने यायोक्खाका अध्यक्ष राईले बताए।
    यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology