• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ को नाम किरात राख्नुपर्ने पक्षमा यायोक्खाले शुक्रबार दिक्तेलमा प्रदर्शन गर्ने

प्रदेश १ को नाम किरात राख्नुपर्ने पक्षमा यायोक्खाले शुक्रबार दिक्तेलमा प्रदर्शन गर्ने


समायोजन खबर
  • बिहिबार, साउन ५ २०७९

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै जन प्रदर्शनको तयारी गरेको छ। यायोक्खाले शुक्रबार दिक्तेलबजारमा जनप्रदर्शनको तयारी गरेको हो।

    प्रदेश १ को नामांकन पेचिलो बन्दैगएको अवस्थामा यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहिबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नामाकरण किरात गर्नुपर्ने पक्षमा जनदवाव सिर्जना गर्नका लागि ¥यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रमको तयारी गरेको जानकारी दिएका छन्। बजार परिक्रमाका क्रममा चोक–चोकमा कोणसभाको आयोजना गरिने र विभिन्न वक्ताले सम्बोधन गर्ने यायोक्खाले जनाएको छ।

    यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ। ‘यसै सन्दर्भमा प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामांकनको बहस तिव्र रुपमा चलिरहेको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘किरात राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार एक नम्बर प्रदेशको किरात प्रदेश नामांकन गराउन निर्णायक आन्दोलन र विविध दवावमुलक कार्यक्रमको आयोजना गरिएको हो।’ निर्वाचन भएको पाँच वर्ष बित्न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन सकेको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology