समायोजन खबर, पानी नपरेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा किसानहरुले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका छन् ।लामो समयदेखि पानी नपरे पछि अगुवालाई बाँधेर मन्दिर लगे पानी आउँछ भन्ने अन्धविश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको हो ।
जनप्रतिनीधिहरुलाई सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनसहित अन्य जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगिएको थियो। बाँधेर मन्दिर लगिएका जनप्रतिनिधिले स्वच्छ मनले पूजा अर्चना गरे भगवान खुसी भएर पानी पार्ने विश्वासमा यस्तो गरिएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनु भयो । यहाँ जब (जब असार महिनामा पानि पर्दैन, तब)तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ । अगुवाले स्वच्छ मनले पूजा गरेमा पानी पर्ने विश्वास लिएर स्थानीयले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लएर पूजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
यहाँ तीनदिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाँउका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिर लगेर पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी पार्ने विश्वास गरिन्छ ।
पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । मल बेलामा नपाएका किसान यति बेला पानी नपरेका कारण थप पीडामा परेका छन् । रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेका कारण किसान चिन्तित भएका हुन् । खडेरीले माटो सुक्दा खेत धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाई सुरु गरेका यो क्षेत्रका किसान आकासे पानीको भर पर्न वाध्य छन् । यहाँ बैकल्पिक सिचाईको व्यवस्था नहुँदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउने देखिन्छ । लगानी पनि नउठ्ने हो की भन्ने चिन्ताले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।
अघिल्लो बर्ष धान भित्त्राउने समयमा बाढी डुबाउका कारण धान उत्पादनमा क्षति भएपनि पछिल्लो बर्षहरुमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रको दावी छ । जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले जानकारी दिनुभयो । प्रति हेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस बर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको अर्यालले जानकारी दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology