• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बढ्यो कोरोना ग्राफ,एकै दिन १७७ जना संक्रमित

बढ्यो कोरोना ग्राफ,एकै दिन १७७ जना संक्रमित


समायोजन खबर
  • मंगलबार, असार २८ २०७९

  • फाईल तस्विर।

    समायोजन खबर, नेपालमा कोरोनाको ग्राफ बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।

    जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन्।

    यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology