समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले वर्षको ‘उत्कृष्ट स्वंयमसेविका पुरस्कार’ नरमाया गुरुङलाई प्रदान गरेको छ। गाउँपालिकाको वडा नं. ४ बाक्सिला स्वास्थ्य चौकी मातहतमा रही सेवा दिंदै आएकी गुरुङलाई बिहीबार पुरस्कार प्रदान गरिएको हो।
गाउँपालिकामा कार्यक्रमको आयोजना गरी गुरुङलाई गाउँपालिका अध्यक्ष समिर राई र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईले नगद १५ हजार प्रदान गरेका छन्।
आर्थिक वर्ष २०७८/०७९ मा समुदाय स्तरमा रहेर समाजलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै गुरुङलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका भित्रका ७५ जना महिला स्वास्थ्य स्वंयमसेविकाहरुबाट कार्यशैली र कार्य क्षमताको आधारमा गुरुङलाई वर्षको उत्कृष्ट स्वंयमसेविका छनोट गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाको ब्यबस्थापनमा जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत उनलाई पुरस्कृत गरिएको जनाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology