• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएको भन्दै प्रहरीलाई सम्मान

हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएको भन्दै प्रहरीलाई सम्मान


समायोजन खबर
  • बिहिबार, असार २३ २०७९

  • डिएसपी उमेश लम्साललाई सम्मान पत्र प्रदान गर्दै भतिजि लक्ष्मी सापकोटा ।

    समायोजन खबर खोटाङ, आफ्नै हजुरआमाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याएको भन्दै परिवारले प्रहरीलाई सम्मान गरेको छ।

    ठुलीआमा तुलास खड्काको हत्यामा संलग्न अपराधी आफ्नै नाति निर बहादुर खड्का ‘हरी’लाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याएको भन्दै बिहीबार भतिजि लक्ष्मी सापकोटा जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी नायब उपरिक्षक उमेश लम्साल सहितका प्रहरीलाई खादा ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरेकी हुन्।

    विभिन्न आपराधिक घट्नाहरुलाई नियाल्दा अपराधीको पहिचान नभई कानुनको दायरामा ल्याउन नसकेको अवस्थामा डिएसपी लम्सालको नेतृत्वले अपराधीलाई तत्काल कानुनी दायारमा ल्याएकामा सापकोटा र परिवारले प्रहरीलाई धन्यवाद दिएका छन्।

    हरीले बैशाख २६ गते स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनि सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकबाट चिसापानी ल्याउदै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगरमा ७७ वर्षीया हजुरआमा खड्कालाई मारी खाल्डामा पुरी फरार भएका थिए।

    हजुरआमाको हत्या गर्ने जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा डढुवा घर भई झापाको गौरादह नगरपालिका–३ धोविनीचोक बस्दै आएका २९ वर्षीय हरीलाई झापाको मेचीनगर नगरपालिका– ६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा ८ असारमा पक्राउ गरिएको थियो। पक्राउ परेका हरी प्रहरी हिरासतमा छन् ।

    ३१ बैशाखमा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगर बालुवाको खाल्डो भित्र शंकास्पद अवस्थामा सडिगली किराऔसा परेको बेवारिसे लाश फेला परेको थियो। मृतक लाशको थप अनुसन्धान गर्दै जाँदा उक्त लाश मृतक खड्काको भएको पुष्टि भएको थियो।
    यो पनि पढ्नुहोस,खोटाङ :भोट हाल्न आउँदा हजुरमाको हत्या गर्ने नाति पक्राउ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology