समायोजन खबर खोटाङ, खोटाङमा बहुचर्चित दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाले विधुत गृह र डयामसम्म साँढे तीन किलोमिटर सडक निर्माण गर्ने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको रातेखोलादेखि आयोजनास्थल बैकुखोलासम्म(३.५किमि)आयोजनाको काममा आउजाउ गर्न सडक निर्माण गर्ने भएको हो।
सडक निर्माणका लागि बिहीबार हलेसी तुवाचुङ नगरपालिकासँग आयोजनाले सम्झौता गरेको छ। नगर प्रमुख बिमला राई र दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाका प्रबन्धक बसन्तध्वज श्रेष्ठवीच एक करोड बजेट बराबरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता भएको मितिले विधुत गहृ र डयामसम्म ९ महिना भित्र सडक निर्माण गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ। सडक निर्माणका लागि उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्ने नगर प्रमुख राईले बताईन्।
रावाबेंशी गाउँपालिका–३ लामीडाँडाको रँभुवाबजार र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा ६३५ मेगावट जलविद्युत आयोजनाको काम अघि बढिरहेको छ। रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology