समायोजन खबर खोटाङ, खोटाङको मझुवाकालिका भगवती मन्दिरको टेवा पर्खाल भाँसिएको छ। शुक्रबार राती परेको अविरल वर्षाका कारण टेवा पर्खाल भाँसिएर चिराचिरा परेको छ।
शनिबार बिहान मन्दिरको पुजारीबाट टेवा पर्खाल भाँसिएको जानकारी पाए लगत्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, दिक्तेलका वडाध्यक्ष नवराज राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, रेडक्रसका मन्त्री छत्र कुमार वजिमय लगायत सरोकारवालाले अनुगमन गरेका थिए।
मन्दिरको अगाडी पटीको करीव ४० मिटर टेवा पर्खाल भाँसिएर चिराचिरा परेको अनुगमनमा पुगेका लफ्याङका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता घिमिरे जानकारी दिए। उनका अनुसार टेवा पर्खाल भाँसिएर प्रेसर भएपछि मन्दिरमूनिको ताकिल वारपार चर्किएको छ। ताकिलमूनि ठूलो भिर रहेको छ।
गुणस्तरहिन टेवा पर्खाल निर्माण गरिदा भाँसिएको अनुमान गरिएको छ। टेवा पर्खाल भाँसिएर ताकिल समेत चर्किएपछि गतवर्ष मात्रै पुरातत्व विभागबाट निर्माण गरिएको ऐतिहासिक मझुवाकालिका मन्दिर जोखिममा परेको छ।
अनुगमनपछि नगरपालिकाको ईन्जिनियरलाई अनुगमन तथा अध्ययनका लागि आजै दिउँसो मन्दिर परिसरमा पठार्र्र्र्ईएको थियो। अहिलेलाई चिराचिरा परेको ठाउँबाट पानी पस्न नदिने बनाउनुपर्ने ईन्जिनियरले सुझाव दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology