समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ।
शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँपालिकाले आर्थिक बिकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पुर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको छ।
गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology