समायोजन खबर खोटाङ,पूर्वको पशुपतिनाथले प्रसिद्ध खोटाङको हलेसी मन्दिरमा दर्शनार्थी गणना मेशिन जडान गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिर दर्शन गर्न आएका भक्तालु तथा दर्शनार्थीहरुको दैनिक संख्या राख्नलाई गणना मेशिन जडान गरिएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माछापुछ्रे बैंकले मन्दिरको मुल गेटभन्दा करीव ५ मिटर अगाडी निःशुल्क जडान गरिदिएको मेशिनको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गर्नुभयो। मेशिन जडान भएसँगै मन्दिर प्रवेशका लागि भक्तालु तथा दर्शनार्थीलाई मेशिन हुंदै भित्र जाने र मन्दिरको मुल गेट अघिबाट फर्कने व्यवस्था मिलाईएको छ। 
जडान भएको मेशिनले हलेसी मन्दिर दर्शनमा कती भक्तालु तथा दर्शनार्थी प्रवेश गरे भन्ने देखाउने भएकाले अब यति भक्तालु तथा दर्शनार्थीले मन्दिर दर्शन गरेर भनेर पूर्वानुमान गर्नुपर्ने दिनको अन्त्य भएको मयेर राईले बताईन्। मेयर राईका अनुसार हलेसी मन्दिरमा कस्तो र कहाँको दर्शनार्थी आए भनेर बुझ्नका लागि नगरपालिकाले मन्दिर परीषरमा सीसी क्यामेरा जडान गरेको छ।
उद्घाटन कार्यक्रममा मेयर राई, उपमेयर रमेशकुमार राउत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, मंगलटारका वडाध्यक्ष गण राई, हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कराज राई, नगर कार्यपालिका सदस्य राकेश परियार, होटल व्यवसायी संघका प्रतिनिधि प्रकाश चन्द्र गिरी, मारतीका छिमे ताक्तेन छोलिङ गुम्बाका प्रतिनिधि डोमा शेर्पा, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षत्र सुनिक ध्वाजु र हलेसी महादेव विकास समितिका प्रतिनिधि सर्वधन बस्नेतको उपस्थिति थियो। 
हलेसी मन्दिर दर्शनका लागि नेपालबाहेक भारत, भुटान, चिन, सिंगापुर, जापान, रुस, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क, पोर्चुगल, रसिया लगायतका मुलुकबाट भक्तजनहरु आउने गरेका छन्।
यसैविच, दर्शनार्थी गणना मेशिन उदघाटनका क्रममा हलेसी आएका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोईरालालाई मेयर राईले मायाको चिनो प्रदान गरेकी छन्। बैंकबाट हुने कामलाई छिटोछरितो बनाउन पनि मेयर राईले सुझाव दिएकी छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology