• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लठ्ठयाउने औषधि खुवाएर बलात्कार गरे, एक लाख नगद पनि लुटे

लठ्ठयाउने औषधि खुवाएर बलात्कार गरे, एक लाख नगद पनि लुटे


समायोजन खबर
  • मंगलबार, असार ७ २०७९

  • समायोजन खबर, ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन)ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन्। उनको कुरा सुनेर सुनिता प्रभावित भइन्। दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे। सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन्।

    जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए। घरपरिवारसँग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा सुनितासँग गरिरहेका थिए । सुनिताले पनि जयका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन्।

    प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार त्यसपछि सुनितालाई जयले काठमाडौं भोटेबहालको एक गेस्ट हाउसमा लगेर राखे। ‘केटाको असली रुप पीडितले होटलमा पुगेपछि मात्र थाहा पाइन् । ‘त्यहाँ पेय पदार्थमा मिसाएर उनले लठ्ठयाउने औषधि खुवाइदिएछन्,’ डीएसपी घिमिरेले भने, ‘त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल पनि लुटेर गएछन्।’

    प्रहरीका अनुसार भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन्। तर मोबाइल समेत लगेपछि उनीसँग जयलाई चिन्ने कुनै आधार भएन। आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन्। दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन्। त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन्।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन। ‘होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको छ,’ मैनालीले भने।

    तर प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गर्दै जाँदा ‘जय’ भनिएका पीडकको खास नाम विश्व तामाङ भएको खुल्यो। उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेको पनि अनुसन्धानका क्रममा खुलेको एसपी मैनाली बताउँछन्।

    पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको मैनाली बताउँछन्। पीडितको चाहिँ घटनाबारे जानकारी पाएलगत्तै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology