समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकाको कुभिण्डेमा लिचि पाकेपछि कृषकहरुलाई यतिबेला टिप्न र बिक्री गर्न भ्याईनभ्याई छ। 
फुल खेल्ने बेलामा असिना पानी पर्दा गत वर्षको तुलनामा यसवर्ष लिचि कम फले पनि पाकेको लिचि टिप्न, जंगली जनवारबाट बचाउन र बिक्री गर्नमा कृषकहरुको दिनचार्य बित्ने गरेको छ।
कुभिण्डेमा फलेको लिचि किन्न गाउँ गाउँबाट मानिसहरु आएर बोटमै ठेकेर ठूला बजारहरुमा विक्री गर्न लैजाने गरेका छन्। कतिपय काठमाण्डौ तथा तराईबाट गाडी लिएर घर घरमै लिचि खरीदका लागि आउने गरेका छन्। अधिकांसले लिचि बिक्री गरेरै सानातिना घर व्यावहार चलाउने गरेको पाईएको छ।
कुभिण्डेको ढाडगाउँ, डाँडागाउँ, हाँचेका, दम्कु, माझगाउँमा लिचि उत्पादन हुने गरेको छ। कुभिण्डेसहित खार्पा, हौचुर, दुबेकोल, डुम्रेधारापानी र बुईपामा पनि लिचि उत्पादन हुने गरेको छ।
हालसम्म जिल्लामा व्यवसायीक रुपमा लिचि खेती गरिएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology