• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङका कारण खोटाङका ५ गाउँपालिकामा विधुत अवरुद्ध

चट्याङका कारण खोटाङका ५ गाउँपालिकामा विधुत अवरुद्ध


समायोजन खबर
  • सोमबार, जेष्ठ ३० २०७९

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा चट्याङका कारण ५ गाउँपालिकामा विधुत अवरुद्ध भएको छ। सोमबार अपरान्ह पानीसँगै परेको चट्याङका कारण ३३ केभी प्रशारण लाइनमा समस्या आएपछि विधुत अवरुद्ध भएको हो।

    विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार राजापानीको थ्रि स्टार हाइड्रोपावर हुंदै रसुवाघाट–सिमपानीसम्मको ३३ केभी प्रशारण लाइनमा फल्ट भएको अनुमान गरिएको छ।

    विधुत फल्ट हुंदा खोटेहाङ गाउँपालिका–८ सिमपानीमा रहेको बाघेढुंगा सवस्टेश्नबाट बल्ने खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, वराहपोखरी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा विधुत अवरुद्ध भएको छ। विधुत अवरुद्ध हुंदा जनजीवन कष्टकर बनेको छ।

    राती नै भए पनि फल्ट खोज्ने काम भईरहेको तर, आज फल्ट भेट्ने संम्भावना ज्यादै न्युन रहेको प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताए। उनका अनुसार भोली विहानैबाट फल्ट खोज्ने काम हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology