समायोजन खबर, नुवाकोटको ककनी गाउँपालिकाबाट विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर नुवाकोट पुगेको छ।
सेनाका तालिमप्राप्त कर्मचारीले ती व्यक्ति पुगेको लिखु गाउँपालिकाको टावरमा पुगेर उद्धारको प्रयास गरेका छन्, तर उनी झन् झन् भाग्दा समस्या भएको छ। ‘केही समय पहिलेसम्म उनी टावरमा बसेका थिए, सेनालाई देखेपछि तार नै तार झन् भागिरहेका छन्, उद्धारमा निकै समस्या हुने देखियो’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भन्नुभयो।
मानसिक सन्तुलन गुमाएका व्यक्ति ककनीबाट प्रसारण लाइनमा चढेकोमा अहिले तार नै तार हिँडेर लिखु गाउँपालिका पुगेका छन्। उनका कारण माथिल्लो त्रिशूली ुथ्री एु को ६० मेगावाट र अरु ५ मेगावाट गरी ६५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ। यसैको कारण ठाउँठाउँमा लोडसेडिङ भएको र भारतबाट आयात बढाइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology