• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिना दिन मनाईयो उभौली [फोटोफिचर]

महिना दिन मनाईयो उभौली [फोटोफिचर]


समायोजन खबर
  • शनिबार, जेष्ठ २८ २०७९

  • समायोजन खबर खोटाङ, किरात समुदायको महान चाड साकेला उभौली महिना दिन मनाईएको छ। बैशाख पूर्णीमाको अवशरमा पूर्वी खोटाङसहित किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला उभौली सुरु भएको थियो।किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला उभौली चाड मनाउने प्रचलन रहिआएको छ।

    शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा किरात राई यायोक्खा र किरात सेवा समाज दिक्तेलले उभौलीको अवसरमा आयोजना गरेको बृहत साकेला नाचमा जिल्लाका विभिन्न स्थानका ११ टिमले साकेला नाच प्रदर्शन गरेको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिनुभयो ।खोटाङमा हरेक वर्ष किरात राई यायोक्खाको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा सामूहिक साकेला नाचेर विधिवत रुपमा उभौली सुरु हुने र माटिकोरे खेलमैदानमा औपचारिक कार्यक्रम गरी साकेला नाच प्रदर्शन गरेर उभौली समापन गर्नेे गरिन्छ । उभौली चाडको अवसरमा महिना दिन आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीच भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ।

    साकेला पर्वको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ। अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमामा उभौली र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली एक महिनासम्म मनाईन्छ।साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ। साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन्। यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन्। यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन्।

    उभौली चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology