• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पालिकाबासी जनताको जीवनस्तर उकास्ने काम गर्नेछु : अध्यक्ष राई

पालिकाबासी जनताको जीवनस्तर उकास्ने काम गर्नेछु : अध्यक्ष राई


समायोजन खबर
  • बुधबार, जेष्ठ २५ २०७९

  • केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राई। तस्विर,मनोज आचार्य।

    समायोजन खबर खोटाङ, ३० बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट ७५३ वटा स्थानीय तहले नयाँ जनप्रतिनिधि पाईसकेका छन्। कतिपय स्थानीय तहमा पूरानै जनप्रतिनिधि पनि दोहोरिएका छन्। निर्वाचित जनप्रतिनिधिहरुले नयाँ जोश र जाँगरका साथमा स्थानीय तह हाँक्न थालेका छन्।
    यहि सन्दर्भमा नेपाली कांग्रेसबाट खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित समिर राईसँग समायोजन खबर डटकमले समसामयिक कुराकानी गरेको छ।
    गाउँपालिका अध्यक्ष हुनुभएको छ । कस्तो महशुष गरिरहनु भएको छ ?
    केपिलासगढी गाउँपालिकावासी आम जनताको मत पाएकोमा उत्साहित छु र, त्यति नै चिन्तित पनि छु आफ्नो कार्यकाल सफल बनाउनमा। किन कि गाउँपालिकामा अनगिन्ती समस्याहरु छन्। जनताको आवश्यक्ता र समस्याहरु धेरै छन् सिमित स्रोत र साधनबाट गाउँपालिकाको बिकास गर्नुछ। हरेक मतको उच्च सम्मान र मुल्यांकन गर्दै काम गर्ने सोच बनाईरहेको छु। परिबर्तनको महशुष गाउँपालिका बासीहरुलाई दिनेछु।
    गाउँपालिकाबासीले तपाईको नेतृत्वबाट के आशा गर्ने ?
    पहिलो कुरा सुशासन दिनु छ। पालिकालाई सिष्टममा चलाउनु छ। आएका योजनाहरुलाई समयमा सम्पन्न गराउनुछ। आम पालिकाबासीले कुनै पनि राजनैतिक आस्थाको भरमा विभेदको महशुष गर्नु पर्दैन। सबैको प्रतिनिधित्व भएको महशुष गर्न पाउने छन्।
    तपाईको पहिलो प्राथमिकताका विषयहरु केके हुन् ?
    मेरो बिचारमा बिकास ३ किसिमको हुन्छ भौतिक बिकास, सामाजिक बिकास र आर्थिक बिकास सबैको उतिकै महत्व छ। त्यसमा पनि आजको चुनौती र समस्या भनेको आर्थिक बिकास हो। हामी उत्पादनसँग जोडिन सकेनौ भने, आजको बेरोजगारी समस्याहरूको समाधान खोजिएन भने हाम्रो समाजको परिबर्तन हुदैन, त्यसैले बढीभन्दा बढी आम्दानीको श्रोतसँग कसरी पालिकाको जनताहरुलाई जोड्ने, युवाहरुको बेरोजगारी समस्या हटाई आत्मनिर्भरको कार्यक्रम नै मेरो प्रमुख प्राथमिकताका बिषय बन्नेछन्।
    काम गर्ने शैली कस्तो हुन्छ ? पार्टी र जाती छुटिन्छ कि छुटिन्दैन ?
    मैले भनी सकेको छु चुनाब भनेको लोकतन्त्रलाई मजबुत बनाउने एक प्रक्रिया हो। लोकतन्त्रको सुन्दर पक्ष स्वच्छ निर्वाचन प्रतिस्पर्धा हो। यसैले पालिकाबासीहरुले कहिले पनि राजनैतिक हिसाबले वा जातको नाममा, धर्म संस्कारको नाममा विभेदको मानसिक्ता नलिने गरि स्थानीय सरकार साझा हो, मेरो पनि प्रतिनिधित्व छ, भन्ने महसुष गर्न पाउने छन्।
    जनताको जीवनस्तर त हिजोकै स्थितिमा छ नि ?
    मुलुकमा संघीयता लागू भएपछी केही न केही परिबर्तन त भएको छ तर, उहाँहरुको जीवनस्तरमा जति परिबर्तन हुनुपर्ने हो त्यो हुन नसकेको भने पक्कै हो। यसैले मेरो पहिलो प्राथमिकता भनेको उहाँहरुको जीवनस्तर उकास्ने योजना र कार्यक्रम बनाउने हो, बनाएर मात्रा हुन्न यसकोे कार्यान्वयनको पक्षमा डटेर पनि लाग्नुछ।
    तपाई लगायत तपाईको टीम शासक कि सेवक हो ?
    नेपालमा विभिन्न समयमा परिवर्तनको आन्दोलन भएको जनतालाई मालिक बनाउनलाई हो। हामी राजनीतिकर्मीहरु जनताको नोकर हौ, त्यसैले हाम्रो गाउँपालिकाको जनप्रतिनिधिहरुले जनताको सेवकको रुपमा काम गर्नेछ। जुन कुरा हाम्रो कार्यकालले बताउँदै जानेछ।
    तपाईको कार्यकालमा गाउँपालिका कस्तो बन्छ होला ?
    ५ बर्षभित्र १ जनप्रतिनिधिबाट गाउँपालिकाबासीहरुले जति अपेक्षा राख्नुभएको छ त्यस्तो गाउँपालिका बन्ने छ।
    कसरी विश्वस्त पार्नुहुन्छ ?
    म बिगतदेखि पनि गाउँपालिकाको बिकास निर्माणसँग कुनै न कुनै माध्यमबाट जोडिदै आएको छु। यसैको विश्वासले मलाई मतदान गर्नु भएर जुन विश्वास र भरोसा उहाँहरुले लिनुभएको छ। त्यो टुट्न दिने छैन त्यही हो मेरो विश्वास।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology