समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको धमाधम लाइन काटन सुरु गरेको छ। इन्टरनेट कम्पनीहरुले प्राधिकरणको प्रयोग गरेको पोल भाडा सम्झौता नगरेको तथा भाडा रकम नबुझाउनेहरुको लाइन काटन सुरु गरेको हो।
प्राधिकरणले बुधबार इन्टरनेट कम्पनी टेकमाइण्डको खोटाङको दिक्तेल, नुनथला र हलेसीको डाटा सेन्टरको लाइन काटेको थियो। तर, टेकमाइण्डले प्रदेशभरीका जिल्लाका लागि भन्दै हप्तादिनको समय मागेर प्राधिकरणको प्रदेश निर्देशनालयमा २ लाख ५० हजार धरौटी बुझाएपछि पुनः साँझमा लाईन जोडिएको दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए।
रेग्मीका अनुसार प्राधिकरणको पोल प्रयोग गर्ने तर, सम्झौता नगर्ने जिल्लाभरका इन्टरनेट कम्पनीहरुको डाटा सेन्टरमा लाइन धमाधम काटिनेछ । उनका अनुसार सुबिसु, भायनेट, वेभसर्फर, वल्डलिंक लगायत इन्टरनेटको डाटा सेन्टरमा विधुत लाइन काटिनेछ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले १४ बैशाखमा सूचना प्रकाशित गर्दै बैशाख मसान्तभित्र प्राधिकरणको पोल प्रयोग गरेका इन्टरनेट र केवल टिभी सञ्चालन गर्ने सेवा प्रदायकहरुलाई सम्झौता गर्न, नविकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न सूचना प्रकाशित गरेको थियो। तर, सेवा प्रदायक कम्पनीहरुले सम्झौता नै गरेका छैनन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology