Samayojan khabar

Advertisment

SKIP THIS

कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन


समायोजन खबर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी शुक्रबारेस्थित कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ।

    जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन बुधबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन्।

    विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो।पक्की बिधालय भवन ।

    बिकट भूगोल तथा कमजोर र जिर्ण भवन भएका कारण वर्षा याममा पठन–पाठन गर्न असहज भइरहेको विद्यालयलाई जि–फाउण्डेसनले दुई–दुई कोठा भएको पाँच वटा भवन निर्माण गरिदिएको हो।

    सिर्जनशिल भरिया समाजले सामाजिक लेखा परीक्षण गरेर नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ। पक्की भवन बनेपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न र विद्यार्थीको अध्ययन गर्ने मनोवल बढाउन सहयोग पुगेको विद्यालयले जनाएको छ। चालु आर्थिक वर्ष जि–फाउण्डेसनको ७२ लाख ७२ हजार ९५४ तथा समुदाय र स्थानीय सरकारको ८ लाख ९६ हजार ६७३ गरी ८१ लाख ६९ हजार ६२८ मा ३ वटा ब्लक निर्माण गरिएको हो।

    यस्तै गत वर्ष जि–फाउण्डेसनको ४५ लाख ८७ हजार २८१ तथा समुदायको ४ लाख ३६ हजार ९३४ रुपैयाँ गरी ५० लाख २५ हजार २१५ रुपैयाँको लागतमा २ वटा ब्लक निर्माण गरिएको थियो। गाउँपालिका अध्यक्ष राईले विद्यालयलाई आकर्षक र सुविधा सम्पन्न भवन बनाउन सहयोग गरेकोमा जि–फाउण्डेसन र सिर्जनशिल भरिया समाजलाई धन्यवाद व्यक्त गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology