• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दरबार हत्याकाण्डको २१ वर्ष पूरा,घटना अझै रहस्यमय

दरबार हत्याकाण्डको २१ वर्ष पूरा,घटना अझै रहस्यमय


समायोजन खबर
  • बिहिबार, जेष्ठ १९ २०७९

  • समायोजन खबर, दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २१ वर्ष पूरा भएर २२ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि रहस्य गर्भमै रहेको छ ।

    २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

    यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।

    उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायकाको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

    प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।

    उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश लगायत सम्मिलित छानबिन टोलीले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाका लागि जिम्मेवार ठहर्याउनु गलत थियो भन्ने कुरा युवराज दीपेन्द्रको मृत्युले समेत प्रष्ट पारेको देखिन्छ । गिरिजाप्रसाद कोइरालाले समेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिनुभएको थियो । तर डिजाइनर को हुन् रु भन्ने कुरा रहस्यमै सीमित भएको छ ।

    यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology