समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पु¥याउने तयारी सुरु गरेको छ। सामाजिक सुरक्षा भत्ता अनियमितता रोक्नलाई बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई अचाक्ली शास्ती भएको ठहर गर्दै वडामै पु¥याउने तयारी थालेको हो।
नगरपालिकाले मंगलबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै नगरप्रमुख तीर्थराज भट्टराईले सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै लैजाने तयारी थालिएको बताउनुभयो। सामाजिक सुरक्षा भत्ता वडामै पुगेर बाँड्ने वातावरणको तयारी गर्दैछौ। नगरप्रमुख भट्टराईले भन्नुभयो,‘त्यसका लागि आगामी शनिबार बैंक तथा वित्तिय संस्थाहरुसँग बसेर गहन छलफल गदैर्छौ, निष्कर्ष निकाल्ने छौ।’
१५ वडा रहेको नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिन दिक्तेलबजारको बैंकसम्म आउँदा र लिएर घरसम्म पुग्दा प्राप्त भत्ता नै सकिने गरेको छ । यतिसम्मकी भत्ता पाउने ज्येष्ठ नागरिकलाई भत्ता लिन आउन जान सबैभन्दा शास्ती हुने गरेको छ। बैंकमा घण्टौ लाइन बस्दा कतिपय बृद्धबृद्धा बिरामी समेत हुने गरेको पाईएको छ। 
टाढाबाट नगरपालिकामा काममा आउने सेवाग्राहीलाई रित्तै नर्फकाउन हेल्प डेस्क(सहयोगी कक्ष) राख्नेबारे पनि कार्यपालिका निर्माण भएपछि छलफल गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो। निर्वाचित १५ वडाका वडाध्यक्ष र वडा सदस्यलाई इंगित गर्दै उपभोक्ता समिति गठनमा अनिवार्य पारदर्शीता हुनुपर्ने उहाँको भनाई थियो। कर्मचारीलाई ढिलासुस्ती नगरी सेवाग्राहीको काम गर्न निर्देशन दिनुभयो।
परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले अबको जनप्रतिनिधिको फोकस बिकासमा हुनुपर्ने बताउनुभयो। कसैको दवाव र प्रभावमा प्रक्रिया नपुगेका काम आफूबाट नहुने न्यौपानेको भनाई थियो। वडाध्यक्षहरुको प्रतिनिधित्व गर्दै बोलेका बुईपाका वडाध्यक्ष दिनेश राईले नगरपालिकाले पर्यटन, कृषि, व्यापारमा ठूलो लगानी गरेको र अब त्यसको प्रतिफल आउने विश्वास रहेको बताए। नगरले विभिन्न क्षेत्रमा गरेको लगानीको संरक्षक नगरमात्र नभई सम्पूर्ण नगरबासी भएकाले सबैले नगरको सम्पत्ती संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology