समायोजन खबर, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन्।
नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।
साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’
उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’ यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology