• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हराएको ताराको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त

हराएको ताराको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त


समायोजन खबर
  • आइतबार, जेष्ठ १५ २०७९

  • समायोजन खबर, तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडान भरेको उक्त जहाज मुस्ताङजिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

    म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।

    तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

    तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन९एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

    जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology