• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रेस युनियन स्थापना दिवस, पत्रकारको आँखा जाँच तथा चस्मा वितरण

प्रेस युनियन स्थापना दिवस, पत्रकारको आँखा जाँच तथा चस्मा वितरण


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १३ २०७९

  • प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्य आँखा जाँच गराउनुहुंदै ।

    समायोजन खबर खोटाङ, नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेर चश्मा वितरण गरिएको छ। प्रेस युनियन जिल्ला शाखाको आयोजना तथा नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रको संयोजनमा जिल्लाका सम्पूर्ण पत्रकारहरुको आँखा जाँच गरेर चश्मा वितरण गरिएको हो।

    दिवसका अवसरमा शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा २४ जना पत्रकारहरुले आँखा जाँच गराएका छन्। १३ जनालाई चिकित्सकको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका सचिव चिसाङ शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार ४ जनाले आँखाको औषधि लगेका छन्।

    २४ सैं घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेखनमा खटिएका पत्रकारहरुको आँखाको स्थिति कस्तो छ, उहाँहरुले आँखाको सुरक्षाका लागि चस्मा लगाउनु पर्ने वा नपर्ने भनेर बुझ्नका लागि स्थापना दिवसको अवसर पारेर आँखा जाँच तथा चस्मा वितरण कार्यक्रमको आयोजना गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाँईले बताए।कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्य, पत्रकार हरिबोल आचार्य, उजुर राई, भिम राई, दमन राई लगायतका पत्रकारले आँखा जाँच गरेर आवश्यकता अनुसार चस्मा लिनुभएको छ।

    जनताका लागि दैनिक सूचना तथा समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारहरुको आँखाको अवस्था चेकजाँच गर्ने र चस्मा वितरण गर्ने अवसर पाउँदा खुशि लागेको नेत्र ज्योति संघका सभापति ईन्द्र कसजु श्रेष्ठले बताए। सवारी चालक, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिकहरुको पनि आँखा जाँच कार्यक्रम अगाडी बढाउने तयारी भईरहेको श्रेष्ठले सुनाए।आँखा जाँच गराउनुहुंदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई

    नेत्र ज्योति संघका अनुसार जिल्लाभर १ हजार ५४२ जना दृष्टि विहिन, २ हजार ६२२ मोतिविन्दुका् समस्या भई अप्रेशन गर्नुपर्ने, ५ हजार ३८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने र चस्माका लागि रिफर गरिएका संख्या २७ हजार रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology