समायोजन खबर,अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । ढलको उचित व्यवस्थापन नहुँदा वर्षापछि काठमाण्डौका कपन, कलङ्की, बल्खु लगायतका केही ठाउँका सडक जलमग्न भएका थिए ।
सडकमा बाढी पसेपछि गाडीको आवागमन नै प्रभावित भएको थियो ।
यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।
पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।
यसपालि मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology