• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नबराज विक हत्या काण्ड : मुलुकी ऐन र जंगबहादुर राणाको फोटो जलाइए

नबराज विक हत्या काण्ड : मुलुकी ऐन र जंगबहादुर राणाको फोटो जलाइए


समायोजन खबर
  • मंगलबार, जेष्ठ १० २०७९

  • मुलुकी ऐन र जंगबहादुर राणाको फोटो जलाउँदै संयुक्त संघर्ष समिति

    समायोजन खबर खोटाङ, जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक सहित ६ जना युवाको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दैै खोटाङमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको फोटो जलाईएको छ।

    प्रेम विवाहका लागि केटी लिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गएका बेला आक्रमणमा परेर ज्यान गुमाएका विक सहित उनका पाँच जना साथीहरुको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि मंगलबार दिक्तेलबजारस्थित त्रिवेणीचोकमा संयुक्त संघर्ष समितिले मुलुकी ऐन र राणाको फोटो जलाएका हुन्।सोतीकी मल्ल थरकी एक युवतीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै २०७७ जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेकामध्ये ६ जनाको हत्या भएको थियो। सोही घट्ना भएको दुई वर्ष पुगेको दिन पारेर जात व्यवस्था विरुद्धको विद्रोह दिवसमा मुलुकी ऐन र राणाको फोटो जलाईएको हो।

    जंगबहादुरले निर्माण गरेको मुलुकी ऐनले जात व्यवस्थालाई संस्थागत रुपमा विकास गरेको र सोही जात व्यवस्थाको परिणाम नवराज सहित छ जनाले ज्यान गुमाउनु परेकाले जंगबहादुर र मुलुकी ऐनको फोटो जलाइएको संघर्ष समितिका संयोजक दीपक ठटालले बताए।

    जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ। उक्त घट्नामा विकसहित टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाहीको ज्यान गएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology